२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान : अर्थमन्त्री महत


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 9.3K
    SHARES

  • images
    आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान : अर्थमन्त्री महत

    काठमाडौं, १५ जेठ । चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताएका छन्  । 

    विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले समेत आर्थिक वृद्धिदर न्यून हुने उनको भनाई छ । यस्तै, चालू आर्थिक वर्षको यस अवधिमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै रहेको र आयातित वस्तुको मूल्यवृद्धि बढी भएको उनको भनाई छ ।

    चैत मसान्तसम्म सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चितीले ११ महिनाको वस्तु आयात धान्ने केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढेको छ भने चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा. महतले बताए । यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ छ । यो विनियोजनको ६७ प्रतिशत हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend