२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 9.8K
    SHARES

  • images
    सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट

     

    काठमाडौ, १५ जेठ । नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ। तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहन गरेको ७० औं वार्षिकोत्सवको अवसरमा २ गाउँमा फाइबर इन्टरनेट पुर्याइएको हो।

    आईतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरूवात गरिएको छ। उक्त कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्युजल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति रहेको थियो।

    खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको छ। फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहन गर्न आउने आरोहीले अब उच्च गतीको गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए।

    फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुनेछ। पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने छ । घरहरूमा जोडिन इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराइने छ। उच्च गतीको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलिहेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    यसले सगरमाथा आरोहण गर्न आउने आरोहीलाई समेत आकर्षण गर्ने बताइएको छ। फाइबर पछि खुन्दे र खम्जुङ गाउँमा सुरक्षा प्रणाली समेत जडान गर्ने योजना रहेको छ। उक्त प्रणालीले स्थानीय गाउँबाट टाढा गएका भएका बेला आफ्नो घर र जनावरको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। खुन्दे र खमजुङमा होमस्टेको समेत व्यवस्था रहेको छ, जहाँ शेर्पाहरूको संस्कृति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाइन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend