२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा जीआईसी इन्स्यारेन्सको साधारणसभा आह्वान


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 9.0K
    SHARES

  • images
    सानिमा जीआईसी इन्स्यारेन्सको साधारणसभा आह्वान

     

    काठमाडौ,  १५  जेठ । सानिमा जीआइसी इन्स्यारेन्सको जेठ ३२ गते साधारण सभा डाकेको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

    आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९– ८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गरिएको छ ।

    जेठ ११ गतेसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआइसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend