२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्रिय बिमा कम्पनीद्वारा साधारणसभा आह्वान


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 10.0K
    SHARES

  • images
    राष्ट्रिय बिमा कम्पनीद्वारा साधारणसभा आह्वान

    काठमाडौ,  १५  जेठ । राष्ट्रिय बिमा कम्पनीको जेठ ३१ गते साधारण सभा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

     यसपटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिँदैछ ।

    सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ ।यस मितिभन्दा अघिसम्म कायम रहेका  सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend