२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मेयर बालेन गैरजिम्मेवार बने, संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन –राजेन्द्र पाण्डे


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 10.9K
    SHARES

  • मेयर बालेन गैरजिम्मेवार बने, संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन –राजेन्द्र पाण्डे


    काठमाडौं, चैत २९ गते ।  एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् । 

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । तर, उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए भन्दै संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने उनको भनाइ छ । 

    काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले तर, ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको आरोप लगाए । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र पाण्डे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend