२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रचना रिमालको नयाँ गीतमा गरिमा र प्रभातको अभिनय


सञ्चार डबली
  • शनिबार, असार २९ २०८१
  • 9.7K
    SHARES

  • images
    रचना रिमालको नयाँ गीतमा गरिमा र प्रभातको अभिनय

    काठमाडौं ।  गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया गर्छु भन्न पनि’ सार्वजनिक भएको छ । मनोविद समेत रहेकी गीतकार प्रमिला वस्तीको शब्द सृजना रहेको सार्वजनिक गीतमा संगीत विश्वनाथ प्रेमको छ । किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    दुई दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील रहँदै आएका लोकप्रिय निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा मोडल गरिमा शर्मा र  प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।गीतकार वस्तीको निर्माणमा तयार भएको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई नजिकबाट देखाइएको छ ।

    जहाँ प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ । उत्सब दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend