२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्पेन युरोको फाइनलमा


सञ्चार डबली
  • बुधबार, असार २६ २०८१
  • 6.6K
    SHARES

  • images
    स्पेन युरोको फाइनलमा

    बुधबार, असार २६, २०८१
    एजेन्सी – मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो । स्पेनका १६ वर्षीय युवा फरवार्ड लामिन यमलको उत्कृष्ट प्रदर्शन प्रेरित स्पेन फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै युरो–२०२४ को फाइनल प्रवेश गरेको छ ।

    मंगलबार राति जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा फ्रान्सले पहिले अग्रता बनाए पनि जोगाउन सकेन । खेलको आठौँ मिनेटमा रान्डाल कोलो मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । कप्तान किलियन एमबाप्पेको क्रसमा ६ यार्ड बक्सभित्र रहेका मुआनीले हेडर गोल गर्दै डिडियर डेसच्याम्प्सको टिमलाई अग्रतामा राखेका थिए ।

    तर, दुई पटकको च्याम्पियन फ्रान्सको अग्रता लामो समय टिक्न पाएन । लामिनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारको ‘टप कर्नर’ गोल भएको थियो । यो गोलसँगै यमल युरोपियन च्याम्पियनसिपको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने ।

    यसको चार मिनेटपछि नै स्पेनले सन् २०१८ को विश्वकप विजेताविरुद्ध २–१ को अग्रता बनायो । स्पेनका ड्याली ओल्मोले गरेको प्रहार फ्रान्सका रक्षक जुलेस काउन्डेबाट ‘डिफ्लेक्ट’ हुँदै गोल भएपछि तीन पटकको च्याम्पियन स्पेनले अग्रता बनाएको हो ।

    स्पेन यसअघि सन् २००८ र २०१२ को लगातार युरोपियन च्याम्पियन बनेको थियो । त्यसअघि स्पेनले सन् १९६४ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    स्पेनले अब उपाधिका निम्ति नेदरल्यान्ड्स र साविक उपविजेता समेत रहेको इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend