२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा वर्षा र अमरको रोमान्स


सञ्चार डबली
  • मंगलबार, असार २५ २०८१
  • 10.7K
    SHARES

  • images
    फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा वर्षा र अमरको रोमान्स

     

    काठमाडौँ । आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ । किरण थापाको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन तथा भरत रेग्मीको सम्पादन छ । 

    शंकर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षा र अमरसँगै सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि अभिनय छ । रेजिनाले यो फिल्मबाट झण्डै १० वर्षपछि कमब्याक गरेकी हुन् । 

    पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनेको बताइएको छ ।

    गीतको लिंक- https://www.youtube.com/watch?v=02EPwf8c8Rk 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend