२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति डिमरी


सञ्चार डबली
  • शनिबार, असार २२ २०८१
  • 8.3K
    SHARES

  • images
    एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति डिमरी

     

    काठमाडौँ । बलिवुड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।

    ब्याड न्यूजमा आफ्नो कास्टिङ बारे तृप्तिले बताएकी छन्- 'वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाए । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनुभयो। जब आनन्द सरले फिल्मको कथा सुनाउनुभयो, म पुरै समय हाँसेर बसें । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ। भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।'

    तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् ।

    उनले यस बर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् । 

    उनले एनिमल-२ को विषयमा आफुलाई निर्देशक सन्दीप रेड्डी वांगाले केहि नभनेको बताउदै आफुलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन् ।

    तृप्तिको ब्याड न्युजपछि धडक- २, भुल भुलैया-३, विक्की विद्याका वोह वाला, आशिकी- ३ जस्ता फिल्म आउदै छन् ।
       
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend