२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 10.6K
    SHARES

  • images
    अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु


    काठमाडौ, १४ जेष्ठ । आजदेखि अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

    अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो । प्रभुसँग मर्जर सहमती भाँडीएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमति गरेको थियो । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत दिएपछि एकीकृत कारोबार सुरु गरेका हुन् ।

    युनाईटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend