२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 9.7K
    SHARES

  • images
    रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौ, १४ जेष्ठ । नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।

    यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन् ।

    यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    योमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend