काठमाडौं, चैत २९ गते । प्रि–ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।
यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।



