२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गोरखा नगरपालिकाले पर्यटन बर्ष २०८१ लाई लक्षित गर्दै छलफल सुरु


सञ्चार डबली
  • बुधबार, असार १९ २०८१
  • 7.9K
    SHARES

  • गोरखा नगरपालिकाले पर्यटन बर्ष २०८१ लाई लक्षित गर्दै छलफल सुरु

    काठमाडौँ, असार १९ । गोरखा नगरपालिकाले पालिका भित्र रहेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलका बिषयमा सरोकारवाला संग छलफल चलाउन सुरु गरेको छ । पालिकाले घोषणा गरेको ‘पर्यटन बर्ष २०८१’ लाई लक्षित गर्दै छलफल चलाउन थालेको हो ।

    पालिकाले आज पहिलो दिन पालिका भित्र रहेका मध्ये कार्यपालिकाले छनौट गरेको ५० स्थानका बारेमा जानकारी दिदै सरोकारवाला संग सुझाव समेत माग गरेको छ । १४ वडा रहेको पालिकामा त्यस भित्र रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलका बिषयमा जानकारी दिदै सुझाव माग्ने काम सुरु गरिएको गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले जानकारी दिए ।

    उनका अनुसार छनौट गरेका ति सम्पदाहरुमा जानका लागि ६ वटा रुट बनाइएको छ । त्यही रुट र संपादाहरुका बिषयमा केही छुट भएको वा संशोधन गर्न आवश्यक भए लिखित वा मौखिक रुपमा सुझाव दिन समेत आग्रह गरिएको छ ।

    नगरपालिका आज छलफल चलाएका संपदा र रुटमा पहिलो रानीपोखरी–गोरखा संग्रालय–बिशे नगर्ची पार्क–तल्लो कोट–रामशाह चौतारो–गणेश मन्दिर–हनुमान थान–गोरखा दरर्बार–बज्र भैरव–कुहिरे भिर टावर–झाँक्री गुफा–रक गार्डेन–सरस्वती मन्दिर हुदै बाराही मन्दिर परेको छ ।

    दोस्रो रुटमा फुलपाती सेलाउने कुण्ड–राधा बल्लभेश्वर मन्दिर–चिल्ड्रेन पार्क–खड्गदेवी मन्दिर–दुल देवता–द्रब्यशाह चौतारो–नामरुङ थान–पश्चिमकाली मन्दिर हुदै हिलेपोखरीबाट दक्षिणकाली मन्दिर रहेको छ ।

    छनौटको तेस्रो नम्बरमा सतिपिपल गुम्बा–मानेपानी धारा–विन्ध्यबासिनी मन्दिर–पाँडे चौतारो–भिमसेन पार्क–जर्नेल धारा–देवीथान गाईखुर मन्दिर हुदै बेनिखोला ताल राखिएको छ ।

    त्यस्तैगरी, चौथो नम्बरमा भगवती मन्दिर–झाँक्री गुफा–डेरागाउँको जामे मस्जिद–भुत्याहा छाँगो–नरसिंह मन्दिर–गौरीशंकर मन्दिर–गाईखुरको जामे मस्जिद–अकला मन्दिर–ताप्लेकोट मन्दिर हुदै देबिस्थान मन्दिर परेको छ ।

    उता आमडाँडा मन्दिर–योगी आश्राम तथा गोरखानाथ मन्दिर–बिरेडाँडा पार्क–बिरिमकाली मन्दिर–थुम्काचुली भ्युटावर हुदै लट्टेश्वर महादेव तथा महादेवटारी उद्यान पाँचौ नम्बरमा राखिएको छ ।

    रुट नम्बर ६ मा भने नगरपालिकाले महादेव मन्दिर तथा रामशाह घाट–अकला मन्दिर हुदै बुढीकोटी मन्दिरलाई छनौट गरेको छ । नगरपालिकाले यही ५० स्थानमा रहेका संपदाका बिषयमा छलफल चलाएर सरोकारवालाबाट सुझाव संकलन गर्न लागेको प्रमुख कार्यकारी अधिकृत कृण्णप्रसाद सुवेदीले बताए ।

    उनले नगरपालिकाको बिकासको मुख्य आधार भनेकै पर्यटन भएको भन्दै त्यसैले हालैको नीति तथा कार्यक्रममा पनि पर्यटनका बिषयलाई प्रमुखताका साथ उठाइएको बताए ।

    नगरपालिकाले आज सरोकारवालाहरुलाई राखेर ५० स्थानका बारेमा जानकारी दिएको र थप सुझाव आउदो साता भित्रै दिएर यसलाई पूर्णता दिन पनि आग्रह गरिएको छ । यसले पूर्णता पाए संगै ति संपदाका बारेमा साना–साना डकुमेन्ट्रीहरु तयार पारेर प्रचार प्रसारमा नगरपालिका लाग्ने प्रमुख सुवेदीले जानकारी दिए ।

    छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, जिल्ला न्यायधिश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर रानामगर, उपमेयर मसलीमायाँ थोकर पुनः, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक बासुदेव पाठक, शसस्त्र प्रहरी नायव निरिक्षक सुमन बोगटीका साथै समाजसेवी, अग्रज, संपदाका बारेमा जानकारी भएका ब्यत्ती, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend