२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गोलरक्षक कोस्टाले तीन पेनाल्टी प्रहार बचाउँदा पोर्चुगल क्वार्टरफाइनलमा 


सञ्चार डबली
  • मंगलबार, असार १८ २०८१
  • 10.4K
    SHARES

  • images
    गोलरक्षक कोस्टाले तीन पेनाल्टी प्रहार बचाउँदा पोर्चुगल क्वार्टरफाइनलमा 

    एजेन्सी – गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

    निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए ।

    त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । पेपेले आफ्नै हाफमा छुटाएको बल सेस्कोले अघि बढाएर प्रहार गरेपनि कोस्टाले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट बचाउ गरे ।

    टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे । लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे । कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे ।

    पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । फ्रान्सले आजै सम्पन्न खेलमा बेल्जियमलाई १(० ले हराएको थियो । राउन्ड अफ १६ मा मंगलबार रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ । यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन् ।

    क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend