२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास


सञ्चार डबली
  • आइतबार, असार १६ २०८१
  • 8.0K
    SHARES

  • images
    रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

     

    काठमाडौँ । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।

    खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

    रोहित शर्माले भने, 'यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।' यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

    रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने- 'यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।'

    रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो । 

    अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend