२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्कुटरमा क्रान्ति गर्दै यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.1K
    SHARES

  • images
    स्कुटरमा क्रान्ति गर्दै यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड


    काठमाडौं, १३ जेठ । यामाहा रेजेडआर १२५ को हाइब्रिड भर्सन नेपालमा सार्वजनिक गरिएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनीले २ लाख ८९ हजार ९०० रुपैयाँ सुरुवाति मूल्य तोकेर बिक्री सुरु गरेको छ । 

    दुई भेरियन्टमा नेपालमा सार्वजनिक हुने हाइब्रिड रेजेडआर १२५ को टप भेरियन्टको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । यामाहा रेजेड आर हाइब्रिडमा १२५ सीसी ब्लु कोर एफआई इन्जिन रहेको छ । 

    यो स्कुटरमा अटोमेटीक स्टप÷स्टार्ट सिस्टम उपलब्ध छ, जसले यो स्कुटरको माइलेज अझै राम्रो बनाउने कम्पनीको दावी छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् । कम्पनीका अनुसार यो स्कुटरको इनिशियल (सुरुवाती)  पिकअपमा सुधार आएको छ ।

    यामाहाले रेजेड आर १२५ को दुई भेरियन्ट विक्री गर्दै आएको छ । जसमा रेजेडआर १२५ एफआईको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ र स्ट्रीट र्यालीको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend