२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार  


सञ्चार डबली
  • बुधबार, असार १२ २०८१
  • 8.9K
    SHARES

  • images
     नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार  


    काठमाडौं । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन् । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई  दिँदै  गितार उपहार दिएका हुन् ।  

    यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु  आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए । 

    प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै  निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend