२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी–२० विश्वकपः अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा


सञ्चार डबली
  • मंगलबार, असार ११ २०८१
  • 6.7K
    SHARES

  • images
    टी–२० विश्वकपः अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा


    काठमाडौं । भारत जारी टी– २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्बाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।यो जितपछि भारत सुपर आठको समुह ए बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्ने छ ।

    त्यसैगरी यो हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । अब मंगलबार बिहान हुने अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समुह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ ।
        

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend