२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा


सञ्चार डबली
  • मंगलबार, असार ४ २०८१
  • 9.9K
    SHARES

  • images
    ‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

    काठमाडौं, असार ४ । अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा स् द रुल’लाई लिएर दर्शकहरु अधैर्य छन् । यो फिल्मको पहिलो शृंखला ‘पुष्पा स् द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् ।

    यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएको भन्दै निर्माताले उक्त मितिमा फिल्म रिलिज हुन नसक्ने बताएका थिए । अब फिल्मको नयाँ रिलिज मिति घोषणा भएको छ- डिसेम्बर ६ ।

    ‘पुष्पा’ निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन् । यससँगै उनले फिल्म स्थगित गर्नुको कारण पनि सेयर गरेका छन् । फिल्मले गुणस्तरमा कुनै सम्झौता नगरी उत्कृष्ट सिनेमाको अनुभव दिन चाहेको उनले बताएका छन् । ‘यो सुनिश्चित गर्नका लागि फिल्म पूरा गर्न थप समय चाहिन्छ,’ उनले लेखेका छन् ।

    ‘पुष्पा २’ निर्माण घोषणा गरेदेखि नै चर्चामा छ । पुष्पा २ को लोकप्रियताले यस्तो उचाइ छोएको छ कि यसका गीत र टिजरले १० करोड भन्दा बढी भ्युज गरेका छन् ।

    सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिलको मुख्य भूमिका छ । ‘पुष्पा २’ ले नयाँ रिलिज मिति घोषणा गरेसँगै श्रद्धा कपूरको स्ट्री २, जोन अब्राहमको वेद र अक्षय कुमारको वेदका निर्माताले राहत महसुस गरेका छन् । यी तीनै फिल्म अगस्ट १५ मा रिलिज हुँदैछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend