२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 टी–२० विश्वकपः  नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य


सञ्चार डबली
  • सोमबार, असार ३ २०८१
  • 9.2K
    SHARES

  • images
     टी–२० विश्वकपः  नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य

     

    काठमाडौं ।बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।जारी टी–२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।

    बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३–१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

    त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए । बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए ।

    सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend