२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 बलिउड जोडी शिल्पा र राज कुन्द्रामाथि धोकाधडीको उजुरी


सञ्चार डबली
  • शुक्रबार, जेठ ३२ २०८१
  • 9.3K
    SHARES

  • images
     बलिउड जोडी शिल्पा र राज कुन्द्रामाथि धोकाधडीको उजुरी


    काठमाडौं । बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ । एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् । उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स (बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । 

    अदालतले आरोपीमाथि लागेको आरोप सही भएमा उनीहरुविरुद्ध आइपीसी र महाराष्ट्र जमाकर्ताको हित संरक्षण अधिनियम अनुसार एफआईआर दर्ता गर्न आदेश पनि दिएको छ । यो मुद्दामा मुम्बई सेशन्स कोर्टका न्यायाधीश एनपी मेहताले सर्राफा व्यापारी पृथ्वीराज सरेमल कोठारीको उजुरीमा लगाएको आरोपको अनुसन्धान गर्न बीकेसीलाई निर्देशनसमेत दिएका छन् । 

    अदालतले यदि आरोपीले कुनै गम्भीर अपराध पनि गरेका छन् भने उनीहरुविरुद्ध भारतीय दण्ड संहिता -आइपीसी- र महाराष्ट्र जमाकर्ताको हितको संरक्षण अधिनियमसँग सम्बन्धित धारा अनुसार एफआईआर दर्ता गर्न भनिएको छ । व्यापारीका अनुसार शिल्पा र राजले सन् २०१४ मा एक स्कीम सुरु गरेका थिए । स्कीममा लगानी गर्ने माथि दर अनुसार सुन दिने र उसलाई मेच्योरिटी डेटको मात्रा तयमा गोल्ड उपलब्ध गराइने भनिएको थियो ।

    शिल्पा र राजले सर्राफा व्यापारी कोठारीलाई सुन उपलब्ध गराउने भरोसा दिलाएका थिए । दुवैमाथि भरोसा गरेर कोठारीले स्कीममा ९० लाख लगानी गरेका थिए । जस पश्चात ५ वर्ष पुरा भएपछि व्यापारीलाई ५ हजार ग्राम २४ क्यारेट सुन दिने प्रतिबद्धता शिल्पा र राजले जनाएका थिए ।तर, त्यसो हुन सकेन । व्यापारी कोठारीलाई बजारमा सुनको मूल्य जति नै भए पनि उनलाई सुन दिने भनिएको थियो । तर पाँच वर्ष पुग्दा शिल्पा र राजले आफ्नो प्रतिबद्धता पुरा गरेनन् । त्यसपछि कोठारी उजुरी दिन बाध्य भए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend