२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ मा हुँदै


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 9.4K
    SHARES

  • images
    चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ मा हुँदै

    चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड अगामी असार ८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्ड असार ८ गते हुने आयोजकले जानकारी दिएको छ ।

    आयोजकले बुधबार नै धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति पनि घोषणा गरेको हो । मञ्चका अध्यक्ष प्रदीप पाठकले चौथो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी थालिएको जानकारी दिए ।

    गत वर्षको वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधामा अवार्ड वितरण गरिने पाठकले बताए । वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिम आईकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिनेछ ।

    अध्यक्ष पाठकका अनुसार लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ ।

    अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । सुदूरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

    वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend