२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हीरामण्डीसँग खुसी छैनन् सञ्जय लीला भन्साली


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 10.2K
    SHARES

  • images
    हीरामण्डीसँग खुसी छैनन् सञ्जय लीला भन्साली

    बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली आफ्नो बहुप्रतिक्षित प्रोजेक्ट ‘हीरामण्डी’लाई लिएर चर्चामा छन् । यो सिरिजको हाल मुम्बईमा सुटिङ जारी छ । यसमा ऋचा चड्डा, सोनाक्षी सिन्हा, मनीषा कोइराला, अदिति राव हैदरी र सन्जीदा शेख जस्ता अभिनेत्रीको अभिनय छ । तर निर्देशक भन्साली भने सुटिङ भइसकेको केही दृश्यप्रति खुसी छैनन् ।

    यो फिल्मको केही भागको निर्देशन अलग–अलग निर्देशकले गरेका छन् । जसले निर्देशक भन्सालीको अधिनमा रहेर काम गरिसकेका छन् । भन्साली चाहिँ केही प्रमुख सिक्वेन्सको सुटिङ गरिरहेका छन् । हालैमात्र भन्सालीले अन्य निर्देशकले काम गरेका केही दृश्य हेरेका थिए । जुन दृश्य हेरेपछि उनी बेखुश देखिए ।

    त्यसकारण भन्साली केही दृश्यलाई पुनः छायांकन गर्न चाहिरहेका छन् । ‘ती दृश्यलाई भन्सालीले मनपराएनन् । जसकारण प्रोडक्सन हाउस र कर्मचारी अन्योलमा छन् । किनकी सिरिजका अधिकांश भागको छायांकन पुरा भइसकेको छ । भन्सालीले केही दृश्य पुनः सुटिङ गर्न चाहेमा वेब सिरिजको रिलिजमा ढिलाई हुनेछ’, सिरिज स्रोतले भन्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend