२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फिफा विश्वकपको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दै


सञ्चार डबली
  • बिहीबार , जेठ २४ २०८१
  • 7.9K
    SHARES

  • images
    फिफा विश्वकपको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दै

    काठमाडौँ, जेठ २४ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदै छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल सुरु हुनेछ ।

    नेपाल र यूएईबीच यसअघि यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यूएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    फिफा वरीयतामा यूएई ६७औँ स्थानमा छ । नेपाल १७८औँ स्थानमा छ ।

    नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ (कप्तान)सहित विशाल सुनार र अभिषेक बराल छन् । यस्तै, डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् ।

    यसैगरी, मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशीक बाबु चौधरी छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend