२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेसनल लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 9.4K
    SHARES

  • images
    नेसनल लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


    काठमाडौ, १० जेष्ठ । नेसनल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १० गते आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले जेठ ११ गते बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । नेसनल लाइफले आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्दै छ ।

    यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

    सभामा २०७८–७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend