२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको तरकारी तथा फलफूलको मुल्यः सबैभन्दा सस्तो बन्दा, महंगो सुकेको खुर्सानी


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 10.3K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मुल्यः सबैभन्दा सस्तो बन्दा, महंगो सुकेको खुर्सानी


    काठमाडौ, १० जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि फलफुल तथा तरकारी मुल्य तोकेको छ ।जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

    मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसम मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महङ्गो सुकेको खुर्सानी प्रतिकेजी ४६५ रुपैयाँ, किवि र अभाकाडो ४५० रुपैयाँ पर्नेछ ।

    उता, ठुलो गोलभेडा, तराई सानो गोलभेडा, लौका, रायोको साग र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेडा, चिचिन्डो, तने बोडी र लाम्चो भन्टा ३५ रुपैयाँमा किनबेच भइरहेको छ भने टनेल गोलभेडा ५० रुपैयाँ, रातो आलु ४१ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ ।

    यस्तै, सेतो आलु ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, लोकल गाजर, हरियो खुर्सानी र ब्रोकाउली ७५ रुपैयाँ, मकै बोडी र झिगुनी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, हाइब्रीड घिउ सिमी, भिण्डी र सजिवन ६५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा पाइनेछ भने तितो करेला ३६ रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तोफु, पालूगो, चमसूर र मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो, अकबरे खुर्सानी, गुन्द्रुक र फुजी स्याउ २७५ रुपैयाँ रहेको छ ।

    न्यूरो, रातो बन्दा, जिरीको साग, भेडे खुर्सानी, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले १९० रुपैयाँ, सौफको साग ११५ रुपैयाँ, पुदीना १९० रुपैयाँ, कागती १९० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २१० रुपैयाँ र लोकल लिच्ची १७५ रुपैयाँ तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend