२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिल्म ‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्बजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा


सञ्चार डबली
  • आइतबार, जेठ २० २०८१
  • 9.9K
    SHARES

  • images
    फिल्म ‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्बजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा

     

    काठमाडौं । आगामी दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का साडी र चोलीमा सजिएर उभिएर ट्याक्टर चलिरहेको देखाइएको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन् । 

    आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको फिल्मले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो फिल्मलाई दशैंमा ल्याउने घोषणा गरिए पनि यकिन मिति तय गरिएको छैन ।

    स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक फिल्म निर्माणको अनुभव लिएकी हुन् । फिल्ममा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend