२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुशील श्रेष्ठको फिल्म  ‘आउट लः संविधान दिवसमा प्रदर्शन हुने


सञ्चार डबली
  • शुक्रबार, जेठ १८ २०८१
  • 10.0K
    SHARES

  • images
    सुशील श्रेष्ठको फिल्म  ‘आउट लः संविधान दिवसमा प्रदर्शन हुने


    काठमाडौं । अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट लः दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

    यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । फिल्मलाई विक्की महर्जनले निर्देशन गर्दै छन् ।

    निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सहःनिर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको फिल्ममा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend