२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पवन विष्टको ‘किन किन’मा गरिमा र सन्तोषको अभिनय


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 14.1K
    SHARES

  • images
    पवन विष्टको ‘किन किन’मा गरिमा र सन्तोषको अभिनय

     

     

    काठमाडौं, ९ जेठ । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ । संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।

    गीतमा प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

    भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । प्रेम पुरी निर्माता रहेको गीतलाई ‘नोभिस आर्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend