२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कसरी पुग्ने  ? पदयात्राका लागि छोटो र उत्कृष्ट गन्तव्य लाङटाङ 


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 11.4K
    SHARES

  • कसरी पुग्ने  ? पदयात्राका लागि छोटो र उत्कृष्ट गन्तव्य लाङटाङ 

    काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्यस्थल मध्येको एक हो लाङटाङ । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग मध्ये लाङटाङ पनि एक हो । त्यसैले पनि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्नेछन् । त्यसैले पनि लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको छ । फागुनदेखि चैत वैशाखको समयमा बाटोभरी फुल्ने लालीगुराँसले वनै राताम्मे हुन्छ। चारैतिर हिमालले घेरिएको केन्जिङ उपत्यका हिमाली सौन्दर्यका लागि मात्रै होइन, धार्मिक दृष्टिले पनि महत्त्ववपूर्ण छ।

    केन्जिङ गुम्बाको नामबाटै यसको नाम केन्जिङ उपत्यका रहन गएको भनाइ छ। केन्जिङ उपत्यका पुगेपछि दोर्जे लाक्पा, लाङटाङ, लिरुङ, जुगल, चेर्को रि, गाङछेम्पो र तिब्बती रेन्ज देख्न सकिन्छ। शान्त र सुन्दर यो ठाउँमा नेपालकै पहिलो याक चिज उत्पादन केन्द्र छ। यो सन् १९५४ मा स्थापना भएको हो। लाङटाङ हिमाली वन्यजन्तुको बासस्थान पनि हो। यहाँ विश्वमै लोपोन्मुख वन्यजन्तु हिम चितुवा पनि पाइन्छ ।

    लाङटाङ पुग्ने अधिकांश पर्यटक चेरकोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । ५ हजार मिटर अग्लो चेरकोरीबाट दर्जनौ हिमाल देखिने भएकाले क्यान्जिन पुगेका अधिकाशं पर्यटक त्यस क्षेत्रमा पुग्ने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम हो । मौसम सफा हुने र धेरै मनोरम दृष्यालोकन हुने भएकाले यो समयमा आन्तरिक तथा बाह्य पर्यटहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

    कसरी पुग्ने लाङटाङ ?
    काठमाडौंबाट स्याफ्रुबेशीसम्म गाडीमा जान सकिन्छ । स्याफ्रुबेशीबाट करिब दुई दिनको पैदल यात्रामा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्नका लागि पर्यटकहरु पुग्ने गरेका छन् । भोलिपल्ट बिहानै खाजा खाएर हिंड्दा रिभरसाइड, उडल्याण्ड, घोडा तबेला थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक त्यहाँ बस्छन् भने केही मुण्डु, सिन्दुम हुँदै क्याङजिन पुग्ने गरेका छन् । लाङटाङ पदयात्राका लागि जाने यात्रुहरुले सामान्यतया तीन दिनदेखि ७ दिनको समय छुट्याउने गर्दछन् ।

    लाङटाङ र क्यान्जेनमा गरि ४९ वटा होटल रहेका छन् । लाङटाङमा मात्रै १४ वटा होटल रहेको छ भने क्यानजेनमा ३५ वटा होटल रहेको छ । एउटा होटलमा सामान्यतया १६ देखि ४० जना सम्मलाई राख्न सक्ने क्षमता रहेको छ । एकैपक दुई सय भन्दा बढी पर्यक पुगे पनि धान्न सक्ने क्षमता रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend