२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 8.5K
    SHARES

  • images
    म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि


    काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो ।

    म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए ।

    म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २–१ ले नै हारेको बदला यस सिजनमा २१ ले नै हराएर लिएको छ । यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जिटेको छ । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend