२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

२७.३१ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 9.8K
    SHARES

  • images
    २७.३१ अंकले बढ्यो सेयर बजार


    काठमाडौं, चैत २८ गते । साताको तेश्रो कारोबार दिन आज सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो संगै सुचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।यसैगरी, नेप्से सुचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ ।

    त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ । यसैगरि सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

    आज सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै निर्माण तथा प्रसोधनको ३ प्रतिशतले मूल्य बढेको छ भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ ।

    आजको कालिन्चोक दर्शन र आदर्श लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ।उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। साथै, सृजनशिल लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र छ्याङदी हाइड्रोपावरको ७ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend