२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजदेखि चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की एक साथ प्रदर्शनमा


सञ्चार डबली
  • बिहीबार , जेठ १० २०८१
  • 11.0K
    SHARES

  • images
    आजदेखि चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की एक साथ प्रदर्शनमा


    काठमाडौं । दुईवटा नेपाली चलचित्र आज एक साथ प्रदर्शनमा आएका छन् । बुद्ध जयन्तीको बिदाको अवसर पारेर आज चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ प्रदर्शनमा आएका हुन् । ‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, र भी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

    प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो सिनेमाका निर्माता हुन् ।दुवै चलचित्रले देशभरका मल्टिप्लेक्समा करिब करिब बराबरीको संख्यामा शो पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend