२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पाराओलम्पिक छनोट खेल्न थापा र भारती थाइल्याण्ड प्रस्थान


सञ्चार डबली
  • सोमबार, जेठ ७ २०८१
  • 7.3K
    SHARES

  • images
    पाराओलम्पिक छनोट खेल्न थापा र भारती थाइल्याण्ड प्रस्थान

     २०८१, जेठ ७ गते 

    काठमाडौं । सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

    सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । टेबल टेनिसका केशव थापाले ह्वीलचियर टेवल क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धा गर्दैछन् । उक्त खेलमा विश्व वरीयतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउँछन् । केशव थापा नेपालमा आयोजना भएको ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पियन बनिसकेका खेलाडी हुन ।

    थापाले पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान, जापान पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत नेपालको प्रतिनिधित्व गर्दै खेलिसकेका छन् । बगंलादेशमा उनले गोल्ड मेडल जितेर नेपाली पारा टेबल टेनिसलाई विश्व बरियतामा पुर्याउन सफल भएका थिए ।

    प्रशिक्षक बसन्त भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन । राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले कुनै सहयोग नगरेको प्रशिक्षक बसन्त भारतीले गुनासो गरेका छन् । थापाले भनेका छन्, ‘उक्त खेलमा सहभागी हुन आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत हामीले प्रतिव्यक्ति ९६० युरो दिनुपर्ने हुन्छ । हामी दुवैले जनही लगभग एक–एक लाख रुपैयाँ व्यक्तिगत रुपमा बुझाउनुपर्ने छ ।

    विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्था थिएन । राष्ट्रिय खेलकुद परिषदमा पाराओलम्पिक छनोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिँदा कुनै सुनुवाई भएन ।’ उक्त खेलमा विश्वका ५० देशका खेलाडीहरुले सहभागिता जनाउँदै छन भने थापाले खेल्ने ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन । उक्त प्रतिस्पर्धाको विजेता खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पाराओलम्पिकमा सिधै छनोट हुने छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend