२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइपिएलः रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो


सञ्चार डबली
  • आइतबार, जेठ ६ २०८१
  • 10.3K
    SHARES

  • images
    आइपिएलः रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो


    काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो । 

    बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो । चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो । त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानिएको थियो । 

    योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।  जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन् । कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ ।  अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ । आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुदै छन् ।  आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दै छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend