२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइपिएलः राजस्थानमाथि पञ्जाव विजयी


सञ्चार डबली
  • बिहीबार , जेठ ३ २०८१
  • 8.5K
    SHARES

  • images
    आइपिएलः राजस्थानमाथि पञ्जाव विजयी


    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव  किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।पञ्जावको यस सिजनमा यो पाँचौं जित हो । १३ खेलमा १० अंक रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

    त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौ हार हो । राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ । राजस्थानको १३ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend