२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा


सञ्चार डबली
  • बुधबार, जेठ २ २०८१
  • 8.0K
    SHARES

  • images
    दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा

    काठमाडौं, जेठ २ । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । 

    आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् । 

    टी–२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् । 

    त्यसैगरी दक्षिण अफ्रीकाका एडन माक्र्रम पाँचौं, अस्ट्रेलियाका माक्र्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend