२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विश्वको सबैभन्दा ठूलो मेगा फेसन इभेन्ट मेट गाला सुरु


सञ्चार डबली
  • मंगलबार, वैशाख २५ २०८१
  • 7.8K
    SHARES

  • images
    विश्वको सबैभन्दा ठूलो मेगा फेसन इभेन्ट मेट गाला सुरु


    काठमाडौं ।  फेरि एक पटक विश्वको सबैभन्दा ठूलो मेगा फेसन इभेन्ट मेट गाला सुरु भएको छ । न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजित मेट गाला कार्यक्रममा विश्वभरका ठूला सेलिब्रेटीहरू सहभागी भएका छन् । यस पटक मेट गाला २०२४ को थिम ‘गार्डेन अफ टाइमस् एन ओड टु आर्ट एण्ड इटरनिटी’ रहेको छ । यस्तो अवस्थामा हरेक सेलिब्रेटी सोही अनुसारको लुगा लगाएर कार्यक्रममा पुग्नेछन् ।

    अहिले सामाजिक सञ्जालमा ‘मेट गाला २०२४’ को चर्चा भइरहेको छ । यो फेसन संसारको प्रसिद्ध घटनाहरु मध्ये एक हो । प्रत्येक वर्ष यो शो मे महिनाको पहिलो सोमबार ु मेट मण्डेु को रूपमा आयोजना गरिएको छ । फेसन शोको यो ठूलो कार्यक्रम हरेक वर्ष न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटमा आयोजना हुने गरेको छ ।

    न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टलाई सहयोग गर्न यो एक परोपकारी फेसन शो हो । मेट गालाको सुरुवातको बारेमा कुरा गर्दा, यो १९४८ मा एक सोसाइटी मिडनाइट सपरको रूपमा सुरु भएको थियो, तर आज यो विश्वभर धेरै हेडलाइन बनिरहेको छ ।

    प्रत्येक वर्ष मेट गालाको फरक फरक विषयवस्तु हुन्छ । विषयवस्तुहरू र ड्रेस कोडहरू भिन्न हुन्छन्, तर एक अर्कासँग सम्बन्धित छन् । यस वर्षको ड्रेस कोड ुद गार्डेन अफ टाइमु हो, जो जेजी बलार्डको १९६२ को यस्तै शीर्षकको छोटो कथाबाट प्रेरित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend