२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुदैँ, लस एन्जलसमा राखियो प्रिमियम शो


सञ्चार डबली
  • बुधबार, वैशाख १९ २०८१
  • 10.6K
    SHARES

  • images
    मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुदैँ, लस एन्जलसमा राखियो प्रिमियम शो


    काठमाडौं ।  सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् । यसैबीच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ वलिउड स्टारहरुको जमघट आयोजना गरिएको थियो ।

    लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।

    स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देसी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडेली र्‍यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् । 
     
    ‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए । यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनिषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend