२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स


सञ्चार डबली
  • शनिबार, वैशाख १५ २०८१
  • 9.8K
    SHARES

  • images
    ‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

     

    काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्बजनिक भएको छ ।निर्माण पक्षले शनिबार 'फर्की फर्की' शिर्षकको गीत सार्बजनिक गरेका हुन् । गीतमा अनमोल केसी र जसिता गुरुङको रोमान्स देख्न सकिन्छ ।

    यस फिल्मको ट्रेलर यसअघि नै सार्बजनिक गरिएको छ र ट्रेलरले राम्रो रेस्पोन्स समेत पाएको छ । फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।

    ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

    जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको 'दान्भी’ भिड्दै छन् ।

    गीतको लिंक- https://youtu.be/t_hRee2ZgbI

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend