२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइपिएलमा जोनी बेयरस्टोको शतकमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित


सञ्चार डबली
  • शनिबार, वैशाख १५ २०८१
  • 10.3K
    SHARES

  • images
    आइपिएलमा जोनी बेयरस्टोको शतकमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

    २०८१ बैशाख १५ शनिबार

    काठमाडौँ । आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ । आईपीएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी–२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ किर्तिमान बनाएको हो ।

    गएराती सम्पन्न खेलमा कोलकोता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य १८।४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यो आइपिएल इतिहासमा अमत्र नभएर समग्र टी(२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा सफल चेज हो । पञ्जाबको जितका नायक जोनी बेयरस्टो, शशांक सिंह र प्रभसिमरन सिंह बनेका थिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए । जवाफमा प्रभासिमरन सिंहले २० बलमा ५४ रनको इनिङ खेल्दै पञ्जाबलाई आक्रामक सुरुवात दिलाए । यसपछि जोनी बेयरस्टोले ४८ बलमा १०८ रन र शशांक सिंहले २८ बलमा ६८ रनको अविजित इनिङ खेल्दै पञ्जाबलाई जित दिलाए । यस खेलमा ४२ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा कुनै पनि खेलमा सबैभन्दा बढी हो ।

    यसअघि गतबर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रन चेज गरेको नै यस अघि धेरै रन चेजको रेकर्ड थियो । यो जितसँगै पन्जाब नौ खेलबाट तीन जित र छ हारसहित ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । योसँगै कोलकाताको टोली दोस्रो स्थानमा छ । उसको आठ खेलमा पाँच जित र तीन हारसँगै १० अंक छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend