२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महाजात्राको ग्रस कलेक्सन २६ करोड नाघ्यो


सञ्चार डबली
  • मंगलबार, वैशाख ११ २०८१
  • 8.7K
    SHARES

  • images
    महाजात्राको ग्रस कलेक्सन २६ करोड नाघ्यो

    काठमाडौं, बैशाख ११ । सुपरहिट सिरिज फिल्म जात्रा र जात्रैजात्राको सफलतापछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो सिरिज महाजात्रा हाल पाँचौँ सातामा प्रदर्शन भइरहेको छ।

    यस दौरान फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाखको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाखको ग्रस कलेक्सन गरेको यसको निर्माण कम्पनीले जनाएको छ। नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म महाजात्रा अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ।

    अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल पछिको दोस्रो ठुलो मार्केट मानिने अस्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोपअन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो प्रदर्शन भइसकेको छ।

    महाजात्रा अस्ट्रेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म बन्न पुगेको छ। सिड्नीमा यसको कुल ३३ शो सेड्युल गरिएको छ। शोहरू सोल्ड आउट भएको षट्कोण आर्टस्ले जनाएको छ। फिल्म मध्यपूवअन्तर्गतका देश कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेका छन्। षट्कोण आर्ट्सले २०८२ को दसैँमा नयाँ फिल्म दर्शकमाझ ल्याउने घोषणासमेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend