२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 नौ महिनाको अवधिमा मनास्लु क्षेत्रमा ८ हजार विदेशी पर्यटक भित्रिए


सञ्चार डबली
  • आइतबार, वैशाख ९ २०८१
  • 12.5K
    SHARES

  •  नौ महिनाको अवधिमा मनास्लु क्षेत्रमा ८ हजार विदेशी पर्यटक भित्रिए


    काठमाडौं । उत्तरी गोरखाको मनासलु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्।चालू आर्थिक वर्षको साउन महिनायता मनासलु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेका छन् । 

    चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेका छन् । मनासलु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। यस वर्ष मनासलु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेका छन् । 

    मनासलु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको संख्या बढी रहेको पाइएको छ। उक्त अवधिमा चार हजार आठ सय ५३ पुरुष, तीन हजार पाँच सय ९७ महिला र चार अन्य पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

    गएको दुई वर्षको अवधिमा समेत मनासलु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको पाइएको छ। मनासलु क्षेत्रमा गएको आर्थिक वर्ष ०७९–८० मा सात हजार सात सय पाँच विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दाबढी पर्यटक यस क्षेत्रमा पुगेका हुन्।

    त्यस्तै, पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनासलु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन्। दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामीप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनासलु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend