२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्रिस्टियानो रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई


सञ्चार डबली
  • बिहीबार , वैशाख ६ २०८१
  • 9.1K
    SHARES

  • images
    क्रिस्टियानो रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई


    काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए । 

    रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्धा दायर गरेका थिए । कोरोना महामारीको बेला क्लबले रोनाल्डोलाई दिने भनेको सो रकम नदिएको बताइएको छ ।

     रोनाल्डोले करिब २० मिलियन युरो नदिएको बताए पनि अदालतले रोनाल्डो र युभेन्टस दुवैलाई यस प्रकरणमा दोषी मान्दै आधा रकम भुक्तानी गर्न युभेन्टसलाई निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।रोनाल्डोले तीन सिजन युभेन्टसबाट खेलेपछि २०२१ को अगस्तमा क्लब छोडेका थिए । तीन सिजनमा रोनाल्डोले युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend