२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसीसी प्रिमियर कपः युएई र ओमानको विजयी शुरुवात


सञ्चार डबली
  • शुक्रबार, चैत ३० २०८०
  • 10.1K
    SHARES

  • images
    एसीसी प्रिमियर कपः युएई र ओमानको विजयी शुरुवात


    काठमाडौं ।  एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ ।ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

    त्यसैगरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।समुह बि मा रहेका युएई र ओमानले यो जितपछि २–२ अंक हासिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend