२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइपिएलः राजस्थानमाथि गुजरात विजयी


सञ्चार डबली
  • बिहीबार , चैत २९ २०८०
  • 8.6K
    SHARES

  • images
    आइपिएलः राजस्थानमाथि गुजरात विजयी

     

    काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।

    राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

    जारी आइपिएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend