२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक सुनिलको 'मोर सजना' मा विकाश र अलिशाको अभिनय


सञ्चार डबली
  • बिहीबार , जेठ ४ २०८०
  • 12.3K
    SHARES

  • images
    गायक सुनिलको 'मोर सजना' मा विकाश र अलिशाको अभिनय

    काठमाडौं, ४ जेठ । गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको 'मोर सजना' बोलको गीतको भिडियो रिलिज भएको छ । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी इन्डियाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    दुई फरक संस्कृतिका प्रेमी प्रेमीकाबीचको रमाइलो प्रेम कथामा आधारित भएर तयार भएको मोर सजनामा मोडल विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका हुन् ।

    भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो । सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

    भिडियो लिंकःhttps://youtu.be/8SJ7yLHjFcM

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend