२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फुटबलर क्रिस्टियानो रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...


सञ्चार डबली
  • मंगलबार, चैत २७ २०८०
  • 10.0K
    SHARES

  • images
    फुटबलर क्रिस्टियानो रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...


    काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन् । गएराती सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।

    यस खेलको ८६औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । तर रेफ्रीले रातो कार्ड दिदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । धेरै रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन् ।

    रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केहि खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।

    तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केहि खेलको प्रतिबन्ध लाग्ने बताइएको छ ।यस खेलमा अल हिलालले अल नासरलाई २(१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend