२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भूत छाँगा, रहर लाग्दो झरना, डर लाग्दो नाम, पर्यटक पनि तान्दै


सञ्चार डबली
  • बिहीबार , चैत २२ २०८०
  • 12.8K
    SHARES

  • images
    भूत छाँगा, रहर लाग्दो झरना, डर लाग्दो नाम, पर्यटक पनि तान्दै


    काठमाडौं । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान् । तर, नाम अनुसारको ठाउँ भने देखिँदैन ।

    सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ ।

    सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ ।

    गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् । र, उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।

    पछिल्लो समय विभिन्न ठाउँबाट समेत पर्यटक घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भूत छाँगा व्यवस्थापन समिति अध्यक्ष नीराजन थापा मगरले बताए ।

    चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष उमा प्रसाद दुलालले भूत छाँगामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम पनि थालिएको बताए । ‘हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका थियौं, उनले भने ।खाना खाजा खाने स्थल, पिकनिक स्पोर्ट बनाएर थप व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य नै बन्न सक्ने द वाकर्स ग्रुपका सन्दीप शाक्यले बताए ।

    चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुँदै होम स्टेको आनन्द दिने नीति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend