२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता:  सानो भर्‍याङ ठूलो भर्‍याङ इकाई विजयी


सञ्चार डबली
  • सोमबार, चैत १९ २०८०
  • 8.7K
    SHARES

  • images
    ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता:  सानो भर्‍याङ ठूलो भर्‍याङ इकाई विजयी

     
    काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा भएको मैत्रिपूर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता २०८० को पहिलो उपाधि संघको काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको सानो भर्‍याङ ठूलो भर्‍याङ इकाई समितिले विजयी भएको छ । 

    ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तरगत रहेको कपन इकाईसँग भएको फाइनलमा कपनलाई हराउँदै सानो भर्‍याङ ठूलो भ–याङ इकाई समितिले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

    प्रतियोगिताको प्रथम हुने टिमलाई पैतिस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो भने दोस्रो हुने टिमलाई बीस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो ।

    प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल तथा ललितपुर जिल्ला समिति सहित गरि १५ टिमको सहभागिता रहको थियो ।

    प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टसको फुटसल ग्राउण्डमा सञ्चालन भएको हो । प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइएको थियो । जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगिताका व्यवस्थापक महेश श्रेष्ठले जानकारी गराएका छन् । 

    प्रतियोगिताको पूर्ण व्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिएका थिए भने प्रतियोगिता अन्तरगतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भूमिका निर्वाह गरेका थिए । ग्रील तथा स्टील व्यवसायीहरुमा पनि खेलकुद प्रति सकारात्मक भावना जागृत होस भनेर प्रतियोगिता आयोजना गरिएको हुँदा यसलाई निश्पक्ष र मैत्रीपूर्ण बनाउन आयोजक पक्षले महत्वपूर्ण र पारदर्शी भुमिका खेलि रहेको आयोजक संस्थाका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताए । 

    खेलमा जोरपाटी (क) र सानो भर्‍याङ, कपन र नारायाणथान (क), ३५ वडा र नारायणथान (ख), चुच्चेपाटी र जोरपाटी (ख) बीच खेल भई नक आउटको आधारमा सेमि फाइनल र फाइनल खेल भएको थियो । जोरपाटी (क) लाई हराउँदै सानो भ–याङ, नारायाणथान (क) लाई हराउँदै कपन, नारायणथान (ख) लाई हराउँदै ३५ वडा ईकाई र चुच्चेपाटीलाई हराउँदै जोरपाटी (ख) क्वाटर फाईनलमा पुगेकोमा सानो भ¥याङ र जोरपाटी (ख) तथा कपन र ३५ वडा इकाई बीच सेमिफाइनल हुँदा जोरपाटी (ख) लाई हराउँदै सानो भ–याङ र ३५ वडा इकाईलाई हराउँदै कपन इकाई फाइनलमा प्रवेश गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend